कञ्चनपुरमा नेकपा एकीकृत समाजवादीको बेलौरी नगर कमिटी गठन
बेलौरी : कञ्चनपुरको बेलौरी नगरपालिका -१, बैशाखीका सुरेन्द्र शाही नेकपा एकीकृत समाजवादीको नगर कमिटीको सचिवमा सर्वसम्मत चयन भएका छन्।
बिहीबार समाजवादीका बेलौरी नगर इन्चार्ज दिलबाहदुर खड्काको अध्यक्षतामा भएको नगर सम्मेलनले बेलौरी नगरपालिकामा चक्र कठायतको अध्यक्षतामा नगर कमिटी गठन गरेसँगै पालिकाअन्तर्गत कान्छा कार्यकर्ता शाही सचिवमा सर्वसम्मत चयन भएका हुन्।
कठायत नेतृत्वको नगर कमिटी उपाध्यक्षमा मायाराम शर्मा, बीर बाहदुर चौधरी, सचिवमा सुरेन्द्र शाही, उपसचिवमा रेशम सुनार र रामप्यारी विकलाई सर्वसम्मत चयन गरिएको छ। एकीकृत समाजवादीको बेलौरी नगर कमिटी ४१ सदस्यीय बनाइएको छ। सम्मेलनमा नव गठित कमिटीका पदाधिकारीहरुलाई शपथ ग्रहणपश्चात् नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य उर्वादत्त पन्तले एकीकृत समाजवादी बेलौरी नगर कमिटीको कार्यालय उद्घाटन गरेका छन्।
नगर सम्मेलनमा केन्द्रीय सचिव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाह, एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाही, प्रदेश उपसचिव तारा लामा तामाङ, कञ्चनपुर इन्चार्ज लाल बहादुर खड्का, सह इन्चार्ज कुलवीर चौधरी, जिल्ला अध्यक्ष जीवनराज थापालगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।