सुदूर नेपाललाई विश्वसँग जोड्दै

’ए’ डिभिजन लिग खेलाइरहेका फिफा रेफ्रीहरूले दिए सामूहिक राजीनामा

२०७८ मंसिर १६, ०९:४२ खबर संवाददाता

काठमाण्डौः शहीद स्मारक ए डिभिजन लिग खेलाइरहेका १० जना फिफा रेफ्रीले सामूहिक राजीनामा दिएका छन्।

लिग चलिरहेको समयमा एन्फाले रेफ्रीहरूको ’फिटनेस टेस्ट’ गर्ने नियम बनाएपछि उनीहरूले राजीनामा दिएका हुन्। आज १० जना रेफ्रीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा पुगेर सामूहिक राजीनामा दिएका हुन्।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने लिखित रूपमा ६ जनाको मात्रै राजीनामा आएको बताए। रेफ्रीहरूले ए डिभिजन लिग खेलाइरहेको समयमा फिटनेस परीक्षण गर्न नसक्ने बताएका छन्।

रेफ्रीहरूले नै राजीनामा दिएपछि भोलि शुक्रवारदेखि सुरु हुन लागेको लिगका तेस्रो चरणका खेल प्रभावित हुने देखिएको छ। 
 

कमेन्ट लोड गर्नुस