बेदकोट नगरपालिकाद्धारा बालविकासका शिक्षकलाई १५ हजारका दरले तलब निकासा
धनगढीः कञ्चनपुरको बेदकोट नगरपालिकाले बालविकासका शिक्षक तथा कर्मचारीलाई १५ हजारका दरले तलब निकासा गरेको छ । बालविकासका शिक्षक तथा विद्यालय कर्मचारीलाई सरकारले वृद्धि गरेको तलबसहितको सुविधा नगरपालिकाले दिएको बताएको हो।
नगर कार्यपालिकाबाट निर्णय गर्दै कार्तिकसम्मको सरकारले तोके अनुरुपको १५ हजारका दरले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र कर्मचारीहरुको तलब निकासा गरिएको हो।
६० प्रतिशत संघीय सरकार र ४० प्रतिशत स्थानीय तहले व्यभार तोकिएको छ । सोहि अनुसार नगरपालिकाले तलब निकासा गरेको बताइएको छ । संघीय सरकारले ८ हजार उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने हुन्छ।
बेदकोट नगरपालिकाभित्र २४ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।