सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आगलागी पीडितलाई विमा वाफतको रकम हस्तान्तरण

२०७५ पुष १४, ०६:२६ खबर संवाददाता

धनगढीका आगलागी पीडीत व्यवासायी प्रेम प्रशाद गौतमलाई सगरमाथा ईन्सोरेन्सले विमा वाफतको रकम हस्तान्तरण गरेको छ। केहि महिना अगाडी विद्युत सर्ट भएर गणेशलक्ष्मी इन्टरप्राईजेजमा आगलागी भएकाले सञ्चालक गौतमलाई विमा वाफतको रकम हस्तान्तरण गरिएको हो। सगरमाथा इन्स्योरेन्सका धनगढी शाखा प्रमुख हेमन्त लामिछानेले विमा वाफतको ३८ लाख रकम आज हस्तान्तरण गरिएको बताए।

आगलागीबाट भएको क्षती बापतको रकम पीडित ब्यबसायी गौतमलाई हस्तान्तरण गरिएको उनले बताए। रेडिमेड बस्त्र ब्यबसायी संघका अध्यक्ष तिलकचन्द्र खतिबडा र सगरमाथा ईन्सोरेन्सका धनगढी प्रमुख लामीछानेले सयुक्त रुपमा ३८ लाखको चेक हस्तान्तरण गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस