सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेफ्स्कून के हो ? सुदूरपश्चिममा यसको अवस्था के छ ?

२०७८ मंसिर १५, १०:५१ खबर संवाददाता

धनगढी: नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड(नेफ्स्कून)का सुदूरपश्चिम प्रदेश अध्यक्ष माधव प्रसाद जोशीसँग दिनेश खबरकर्मी पदमराज जोशीले कुराकानी गरेका छन्। प्रस्तुत छ उक्त अन्तरवार्ताको सम्पादित अंश। 

के हो नेफ्स्कून ?
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको छोटकरी नाम हो नेफ्स्कून। नेफ्स्कून देशभरीका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन हो। म सहकारी क्षेत्रमा कार्यरत थिए। त्यतिबेला सहकारीको क्षेत्रमा काम गर्ने एउटा संघ छ भन्ने जान्नमा आयो, जसले सहकारीका कर्मचारीहरुलाई तालिम दिने, प्रविधिक रुपमा पनि स्तरिकरण गराउने आदि कुरामा क्रियाशिल रहेको भन्ने थाहा पाए। आफूले पनि प्रत्यक्ष रुपमा सहकारी क्षेत्रमा योगदान गर्नको लागि नेफ्स्कूनमार्फत सकिन्छ भन्ने लाग्यो र म संघमा आवद्ध भए। सञ्चालकको नाताले भन्ने हो भने यो मेरो दोस्रो कार्यकाल हो। तीन वर्षको कार्यकाल पूरा गरेर अहिले दोस्रो पटकको लागि ४ वर्षीय कार्यकालका लागि सञ्चालक समितिमा छु। यो कार्यकालको  दुई वर्ष बाँकी छ।

नेफ्स्कून सुदूरपश्चिमको अवस्था के छ ?
नेप्mस्कूनमा सबै सहकारी संस्थाहरु आवद्ध भइ भने सकेका छैनन्। प्रदेश भरिमा लगभग ८ सय जति बचत तथा ऋण सहकारी संस्थाहरू छन्। विभिन्न जिल्लामा दर्ता भएका ती संस्थाहरु कतिपय त सक्रिय छैनन् तर पनि लगभग साढे ४ सय जति संस्थाहरु सक्रिय रहेको देख्न सकिन्छ। यसरी ती मध्ये नेफ्सकूनमा १७६ संस्था र  संघहरु आवद्ध छन्। आवद्धतामा र सक्रियतालाई आधार बनाउने हो भने हामी प्रदेशभरी ५० प्रतिशत भन्दा बढी नै छौं। नेफ्स्कूनको कार्यालयहरु पनि कञ्चनपुर र डडेल्धुरामा फिल्ड कार्यालय र धनगढीमा एउटा सेवा कार्यालय गरी प्रदेश भरि जम्मा ३ वटा कार्यकालहरु छन्।

संस्थाहरू नेस्फकूनमा आवद्ध हुन नसक्नुको कारण चाहिँ के हो ?
आवद्ध नरहेका संस्थाहरू आवद्ध हुन् नचाहेर आवद्ध नभएका होइनन्। नेफ्स्कूनको स्थापना विस २०४५ सालतिर भएको भए पनि दर्ता भने ५० सालतिर आएर मात्रै भएको थियो। सुदूरपश्चिमको हकमा भने लगभग ५ वर्ष जति मात्रै भयो यो संघ सक्रिय हुन थालेको। पहिला त सुदूरपश्चिममा एउटा कार्यालय पनि थिएन नेफ्स्कूनको।

पछिल्लो ५ वर्षमा पनि संस्थाहरु आवद्ध हुन न खोजेका होइनन् तर नेफ्स्कूनको नियम छ कि नेफ्स्कूनले कम्तीमा पनि १२५ सदस्यहरु नभएको संस्थालाई आवद्धता नै दिदैन। फेरि आफ्नो ठाउँमा सक्रिय नरहेको संस्थालाई नेफ्स्कूनमा आवद्ध नगराउने भन्ने संघको नियमावलीमै छ। त्यसैले विभिन्न संस्थाहरू नेफ्स्कूनमा आवद्ध हुन सकिरहेका छैनन्।


 

कमेन्ट लोड गर्नुस