६ बालिकाहरुको बिचल्ली
बैतडीको दशरथचन्द नगरपालिका १० सतपालीका ६ जना बालिकाहरुको बिचल्ली भएको छ। बुवाको मृत्यु भएको ३ महिनामै आमा पोइल गएपछि बालबालिकाहरुको बिचल्ली भएको हो। बुवा राजुराम लावड बिरामी भएर ३ महिना अघि मृत्यु भएको र आमा मीना लावड पोइल गएपछि बालिकाहरुको बिचल्ली भएको हो। १४ बर्षीया निलम लावड, १२ बर्षीय नितु लावड,११ बर्षीय तृप्ती लावड,१० बर्षीय लीला लावड, ६ बर्षीय बिन्दु लावड र ३ बर्षीय ममता लावडको बिचल्ली भएको छ। बुवा मरेको केही दिनमै आमा पोइल गएपछि आफूहरुलाई निकै समस्या भएको बालिका निलम लावडले बताए। घरमा खानेकुरा देखि लिएर ओढ्ने बिछ्याउनेको समेत अभाव रहेको उनले बताए। बालिकाहरुलाई दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोद बहादुर चन्दले एक हजार ५ सय सहयोग गरेको छ भने स्थानीयहरुकै सहयोगमा ओढ्ने बिच्छ्याउने कपडा प्रदान गरिएको उनले बताए। बिचल्लीमा परेका बालबालिकाहरुलाई तत्काल सहयोग पुर्याउन दशरथचन्द नगरपालिकाले १० हजार विनियोजन गरिसकेको र भोली हस्तान्तरण गर्ने नगरपालिकाका उपप्रमुख मीना चन्दले बताईन।