बझाङमा २५ किलो चरेशसहित एक महिला पक्राउ
२०७८ मंसिर १४, ०७:३४
धनगढीः बझाङमा २५ किलो चरेशसहित एक महिला पक्राउ परेकी छिन्। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ मा २५ किलो चरेशसहित ३२ वर्षीया कल्पना रोकायालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
विषेश सूचनाको आधारमा क्षेत्रीय अनुसन्धान समूहले उनलाई पक्राउ गरेको बताइएको छ।
कमेन्ट लोड गर्नुस