भारतपछि हङकङमा पनि देखियो कोभिडको नयाँ भेरियन्ट
हङकङ: हङकङमा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएको छ। दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरियन्ट देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिबाट उनमा नयाँ भेरियन्ट सरेको हुने अनुमान गरिएको छ। यसअघि भारतमा पनि यो भेरियन्ट फेला परिसकेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुरुमा B.1.1.529 नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै राज्यमा संक्रमण बढी रहेको पाइएको जनाएको थियो। डब्लूचएओले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ।