सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा एक पुरुषको हत्या

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ मंसिर १२, ०७:३७

प्रताप ओली, बझाङ: बझाङको जयपृथ्वी नगरपालिका -७ ज्वाडाका एक जनाको हत्या भएको छ। गएराति साढे ७  बजे जयपृथ्वी नगरपालिका ७ का ४६ वर्षीय पिरु भण्डारीको ज्वाडाकै २३ वर्षीय दिपेन्द्र थापासँग कुलीबाँध खोलामा विवाद उत्पन्न भई धकेलाधकेल भएको र भण्डारी घाइते भएपछि अस्पताल ल्याइएको थियो।

भण्डारीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। भारत जान लागेका छोरालाई गाडीमा चढाएर फर्किएका मृतक पिरु भण्डारी र थापाको कुलीबाँध खोलामा हिँडिरहेका बेला विवाद उत्पन्न भएको थियो। मदिरा सेवन गरेका उनीहरुले विवादपछि दुबैबीच धकेलाधकेला हुँदा भण्डारी घाइते भएका थिए।

घटनामा संलग्न दिपेन्द्र थापालाई हिजो राति नै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ। मृतकको शव जिल्ला अस्पताल बझाङमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस