२४ घण्टामा नेपालमा थपिए १९७ कोरोना संक्रमित
काठमाडौँः पछिल्लो २४ घण्टामा नेपालमा १९७ जना कोरोना संक्रमित थपिएका छन्। ४ हजार ९०७ पीसीआर नमुना परीक्षण गर्दा १९७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, १ हजार ७२५ वटा एन्टिजेन नमुना परीक्षण गर्दा १६ जनामा पोजिटिभ देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पीसीआर र एन्टिजेन गरी ६ हजार ६३२ परीक्षण हुँदा २१३ जनामा कोरोना देखिएको छ।
यस्तै, शनिबार ३२५ जना संक्रमित निको भएका छन्। नेपालमा कोरोना संक्रमण निको हुने दर ९७।७ प्रतिशत छ । यस्तै, ३ जना मृतक थपिएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५२१ पुगेको छ।