काँग्रेस सुदूरपश्चिम सभापतिमा शाहीको उम्मेदवारी घोषणा
२०७८ मंसिर ११, ०२:२२
धनगढी: नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्षसमेत रहेका उनले गृहजिल्ला डोटीमा पत्रकार सम्मेलन गर्दै प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। कैलालीमा यही मंसिर १६ देखि १७ गतेसम्म काँग्रेसको प्रदेश महाधिवेशन हुँदै छ।
कमेन्ट लोड गर्नुस