सुदूरपश्चिम प्रदेशसभा सदस्य बम महाधिवेशन प्रतिनिधिमा पराजित
दार्चुला: सुदूरपश्चिम प्रदेश सभाका सदस्य नन्दाकुमारी बम नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन्। महिला प्रतिनिधिबाट उम्मेदवारी दिएकी उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन्। प्रदेश लेखा समिति संयोजक समेत रहेकी बमले कुल ४९० मत मात्र ल्याइन्। चार जना महिला प्रतिनिधिको लागि भएको निर्वाचनमा पाँच जना महिलाबीच प्रतिस्पर्धा भएको थियो।
जिल्लाबाट महिला प्रतिनिधिमा शान्तिदेवी बम ६८७, राजमति पाल ६८७, इश्वरी जोशी ६६९ र एसोदा तिङ्करी ५६७ मत ल्याएर महाविधेशन प्रतिनिधिमा चयन भएका निर्वाचन समितिले जनाएको छ। महाविधेशन प्रतिनिधिमा छनौट भएकी बम महिला संघ दार्चुलाका अध्यक्ष समेत हुन्।