H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार १२:२६
Dec 05 2021, Sunday
12:26:39 AM

अछाममा सांसद र मेयर नै पराजित

विज्ञापन
खवर संवाददाता
२०७८ मंसिर १० ११:३३
अ+

अछाम: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अछाम क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधिमा २२ जना संस्थापन पक्षका विजयी भएका छन् भने ३ जना संस्थापन इतरका विजयी भएका छन्। प्रतिनिधि सभा सदस्यसमेत रहेका सांसद रामबहादुर विष्ट पराजित भएका हुन्।

निवर्तमान क्षेत्रीय सभापति लक्ष्मण शाह र सांसद विष्टले बराबर ३ सय ८७ मत पाएका थिए। विष्ट गोला प्रथाबाट पराजित भएका हुन् भने शाह १३ औं महाधिवेशनमा पनि गोला प्रथाबाट नै विजयी भएका थिए । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट महाअधिवेशन प्रतिनिधिमा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा र ढकारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउँद पराजित भएका हुन्। क्षेत्र नम्बर १ मा भने खसेभन्दा बढी मत भेटिएपछि गणना स्थगित भएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad