कोरोनाबाट तीन जनाको मृत्यु
काठमाण्डौँः पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१६ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ।
त्यसैगरी पछिल्लो समय एक लाख ७७ हजार ८८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३४९ रहेको छ। हाल होम आइसोलेशनमा छ हजार ९६१, संस्थागत आइसोलेशनमा ३८८, सघन उपचार कक्षमा १९७ र भेन्टिलेटरमा ४१ जनाको उपचार हुँदैछ।