सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ३०८ मा कोरोना सङ्क्रमण पुष्टि

२०७८ मंसिर ९, ०८:१९ रासस

काठमाण्डौँः देशभर पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा आठ हजार ९०९ को पीसीआर परीक्षण गरिएको थियो। 

योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या हालसम्म आठ लाख २० हजार २८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४२४ पुगेको छ। पछिल्लो समय थप २९८ जना कोरोनाबाट निको भएका छन्। 

योसँगै निको हुनेको सङ्ख्या हालसम्म आठ लाख एक हजार ४२० पुगेको छ। निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस