सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ३३२ जनामा कोरोना संक्रमण, २३२ जना निको

२०७८ मंसिर ८, ०५:४५ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन्।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ भने ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ जना रहेका छन्। जसमध्ये काठमाडौंमा १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ गरी जम्मा १८१ जना काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएको छ।

कमेन्ट लोड गर्नुस