सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७८ मंसिर ८, ०५:४५ रासस

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। कूल नौ हजार ९२० मा कोरोना परीक्षण गर्दा ३३२ जनामा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमित  सङ्ख्या सात हजार ३६९ रहेका छन्। पछिल्लो समय थप २३२ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै भाइरस सङ्क्रमणुक्त हुनेको सङ्ख्या आठ लाख एक हजार १२२ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन्। यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, हुम्ला, डोल्पा, जाजरकोट र मुगु रहेका छन्। 

नेपालमा सङ्क्रमण दर १७।९ प्रतिशत रहेको छ। हाल होम आइसोलेशनमा छ हजार ९८१, संस्थागत आइसोलेशनमा ३८८, आइसियुमा २०६ र भेन्टिलेटरमा ४० जनाको उपचार हुँदैछ।  

सङ्क्रमणबाट चारको मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप चारको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१३ पुगेको छ। त्यसैगरी पछिल्लो समय एक लाख ४७ हजार २६२ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। पहिलो मात्रा ९२ लाख ८४ हजार ३३७ ले र पूर्ण मात्रा ८० लाख ५९ हजार ३०२ ले खोप लगाएका छन्। 
 

कमेन्ट लोड गर्नुस