सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७८ मंसिर ७, ०६:०० रासस

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा दश हजार १७४ को पिसिआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार ६९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३७० पुगेको छ। पछिल्लो समय थप २७३ जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख ८९० पुगेको छ। निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

कोरोनाबाट नौ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप नौ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५०९ पुगेको छ। कोरोनाबाट हुने मृत्यु दर १.४ प्रतिशत रहेको छ। त्यसैगरी पछिल्लो समय ९८ हजार ५११ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३०० रहेको छ। हाल होम आइसोलेसनमा छ हजार ८६९, संस्थागत आइसोलेसनमा ४३१, आइसियुमा २२३ र भेन्टिलेटरमा ५१ जनाको उपचार हुँदैछ।   
 

कमेन्ट लोड गर्नुस