सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक जनाले मात्रै सिसिटिभी जडानको अनुमती लिए

। फोटो स्रोत ।
२०७५ पुष १२, ०५:०९ सीपी लोहीया

जिल्ला प्रसासन कार्यालय बैतडीमा हालसम्म १ जनाले मात्रै सिसिटिभी जडानको अनुमती लिएका छन्।
 गोठलापानी बजारस्थित उदिप ट्रेडर्स एण्ड सप्लायर्सले मात्रै सिसिटिभी जडानको लागी अनुमती लिएको जिल्ला प्रसासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्र भट्टले जानकारी दिए। सिसिटिभी जडानको लागी उदिप ट्रेडर्सले मात्रै अनुमती प्रमाणपत्र पाएको उनले बताए। 
जिल्ला प्रसासन कार्यालयले यसअघि गएको मंसिरमा अनुमती नलिएर सिसिटिभी जडान गरेकाहरुलाई ३५ दिने अल्टिमेटम दिएको थियो। प्रसासनले दिएको उक्त ३५ दिने अल्टिमेटम समाप्त भईसक्दा समेत यहाँका सिसिटिभी प्रयोगकर्ताले अटेरी गरेका छन्। ३५ दिने अल्टिमेटमको अवधिमा विभिन्न सिसिटिभीका पाँच प्रयोगकर्ताले अनुमतीका लागी निवेदन दिएका छन। 
दोगडाकेदार गाउँपालिका, राष्ट्रिय बाणिज्य बैंक, स्मार्ट अपसेट प्रेस, मेघा बैंक र एनसिसि बैंकले सिसिटिभी जडानको अनुमतीका लागी जिल्ला प्रसासन कार्यालयमा कागजात र निवेदन दिएका हुन्। 
बैतडी जिल्लाभरी सिसिटिभी प्रयोगकर्ता कति छन भन्ने एकिन तथ्यांंक नभएपनि १ सयको हाराहारीमा हुनसक्ने अनुमान गरिएको छ। सिसिटिभी जडान तथा कार्यबिधि, २०७२ विपरित सिसिटिभी जडान एवं सञ्चालन भए गरेको पाइएमा विद्युतीय ईलेक्ट्रोनिक कारोवार ऐन, २०६३ बमोजिम कार्वाही हुने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए। 
सिसिटिभी जडान एवं सञ्चालनका लागी अनुमती लिए नलिएको बारे अनुगमन गरिने र अुगमनका क्रममा नलिएको भए कार्बाही प्रक्रिया अगाडी बढाईने उनले बताए।
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस