सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा अलपत्र अवस्थामा फेला परिन् कैलालीकी युवती

२०७८ मंसिर ६, ०५:३१ खबर संवाददाता

कैलाली: कैलालीकी एक युवती भारतमा अलपत्र अवस्थामा फेला परेकी छिन्। जिल्लाको टीकापुर नगरपालिका–९ घर बताउने ती अन्दाजी २२ वर्षीया वर्षा विक चन्ढीगढमा फेला परेकी हुन्।

बुवाको नाम लालबहादुर र आमा गंगा बताउने ती युवतीलाई अहिले चन्ढीगढस्थित सुरक्षित आवास गृहमा राखिएको छ। उनीलाई चिन्नेले आफन्त नेपालका भारत प्रतिनिधि नविन जोशीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ। उनको मोबाइल नम्बर +९१९७१६२९३६०२ भनेर उपलब्ध गराइएको छ। 

कमेन्ट लोड गर्नुस