सुदूर नेपाललाई विश्वसँग जोड्दै

गैरकानूनी रुपमा ग्रीस प्रवेश गर्न खोज्ने ७ आप्रवासीको दुर्घटनामा मृत्यु, २ नेपाली घाइते

। फोटो स्रोत ।
२०७८ मंसिर ६, १२:०३

बार्सिलोनाः गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा सातजना आप्रवासीको सवारी दुर्घटनामा मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जना नेपालीहरु रहेको अधिकारीहरूको भनाइलाई उल्लेख गर्दै डेलिमेलले लेखेको छ।

दुर्घटनामा परी ज्यान गुमाउने सात जनामा एक महिला समेत छिन्। मृतकको हालसम्म सनाखत हुन सकेको छैन।

१५ जना आप्रवासी बोकेको गाडी प्रहरीको अवरोधबाट बच्न खोज्दा नियन्त्रण गुमाएर दुर्घटनामा परेको समाचारमा उल्लेख गरिएको छ। दुर्घटनामा घाइते हुनेमा चार जना पाकिस्तानी, दुई जना नेपाली र एक जना अफगानी छन्।

कमेन्ट लोड गर्नुस