स्थानीयले क्षतिपुर्ति माग गरेपछि रानी–जमराको काम अगाडी बढ्न सकेन्
आयोजना प्रभावित पार्न उस्काईएको आरोप
राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको काम अगाडी बढ्न सकेको छैन् । आफुहरुको जग्गा परेको भन्दै स्थानीयले क्षतिपुर्ति माग गर्दै उजुरी गरेपछि काम अगाडी वढ्न नसकेको हो । तटबन्धनले आफुहरुको ५० विगाह जग्गा मासिएको भन्दै स्थानीयले विश्व वै.कमा जाहेरी गरेपछि काम अगाडी वढ्न सकेको छैन् । तर स्थानीयले क्षर्तिपुर्तिको माग अरुको उस्काहटमा गरेको आयोजनाले बताएको छ । गैरसरकारी संस्था र केही व्यक्तीहरुले निहित स्वार्थका लागि अर्वौको आयोजना प्रभावित पार्न खोजेको आरोप समेत लाग्दै आएको छ । आफुहरु पहिलो चरणको काम सकिएपछि अव दोस्रो चरणको काम अगाडी वढाउने तयारीमा रहेको आयोजनाले जानकारी दिएको छ ।
टीकापुर नगरपालिकाको धनसिहपुरमा तटबन्ध निर्माण गर्दा आफूहरूको जग्गा मासिएको भन्दै १७ जनाले क्षतिपूर्ति मागेपछि निर्माण कार्य अगाडी वढ्न सकेको छैन् । यसअघि आएका वाढीले विस्थापित भएकाहरुले आफुहरुको जग्गा मासिएको भन्दै क्षतिपुर्ति माग गरेपछि उनीहरुले आफुभन्दा अरुको उस्काहटमा मुद्धा हाल्दा काम अगाडी वढ्न सकेको छैन् । रानी, जमरा र कुलरिया कुलो सिँचाइ उपभोक्ता समितिका सचिव प्रशुराम महतोले त्यसले आयोजनाको काम अगाडी वढाउन समस्या भईरहेको बताए ।
सिँचाइ आयोजनाले पानी बगेको छेउमा तटबन्ध गरेको छ । तटबन्ध बनाउँदा कसैले केही अवरोध नगरेन पनि बनिसकेपछि अवरोध गर्ने काम स्थानीयले थालेका हुन् । तटबन्धका कारण पीडित भएको भनी निवेदन दिनेहरूले आफूहरू कर्णालीको बाढीका कारण पटक–पटक पीडित बनेको र धनसिंहपुरका अधिकांशले तत्कालीन टीकापुर विकास समितिबाट घडेरी पाए पनि आफूहरू त्यसबाट वञ्चित रहेको बताएका छन । अहिले सिँचाइ आयोजनाले तटबन्ध बनाउँदा झन् पीडित भएको उल्लेख गरे पनि वास्तविकतामा उनीहरुलाई तटबन्धको कामले कुनै समस्या नपारेको उपभोक्ता समितिका सचिव महतोले बताए ।
मासिएको जग्गाको क्षतिपूर्तिका लागि उनीहरूले जिल्ला प्रशासन कार्यालय, रानी जमरा कुलरिया सिँचाइ कार्यालय, टीकापुर नगरपालिकामा निवेदन दिनुका साथै अपिल पनि प्रकाशन गरे पनि उनीहरुलाई अरुले प्रयोग गरेर उचाईरहेको आयोजनामा आबद्ध भएकाहरु बताउँछन् । तर यसले खासै समस्या नपारेको जमरा कुलो जल उपभोक्ता समितिका अध्यक्ष लालवीर चौधरीले बताए ।
किसानले परापूर्वकालदेखि देशावरमार्फत कुलो खनेर सिँचाइ गर्दै आएको क्षेत्रमा काम अघि बढन नसकेका कारण काम ढिलो गरी हुने भएको । यो आयोजना सम्पन्न भएपछि कैलालीको पूर्वी क्षेत्रका करिब २० हजार ३ सय हेक्टर भन्दा बढी जमिनमा व्यवस्थित सिँचाई हुनेछ । व्यवस्थित सिँचाई नभएका कारण यहाँका किसानले प्रत्येक वर्ष करिब ४ महिनासम्म रानी जमरा र कुलरिया कुलोको मुहान खनेर वर्षे धानका लागि सिँचाइ व्यवस्था गर्ने गरेका थिए । तर अरुको उक्साहटका कारण आयोजना प्रभावित पार्न खोजेपनि आफुहरुले काम गर्ने आयोजना प्रमुख मधुकर रानाले बताए । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको पहिलो चरणको काम करिब सम्पन्न भइसकेको र दोस्रो चरणको काम हुदैछ ।