चितुवाको आक्रमणवाट महिला घाइते
चितुवाको आक्रमणवाट बैतडीको तल्लोस्वराडमा आज एक महिला घाइते भएकी छन्। शिवनाथ गाउँपालिका ६ ओखेडानीकी ४८ बर्षीया हिउकला धनाडी चितुवाको आक्रमणवाट घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख ग्रिन्द्र बहादुर बोगटीले जानकारी दिए। आज मध्यान्ह ओल्या ओखेडानीमा बनको आखेडानी खोलामा घाँसदाउरा काट्न गएका बेला धनाडीलाई चितुवाले आक्रमण गरेको हो। घाईते धनाडीको मुखमा, दाँयाबाँया कुममा घाउ रहेको र धनाडीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। चितुवाले २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ। प्रसासनले धेरैपटक चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र बनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकी फर्किने गरेको छ।