सुदूर नेपाललाई विश्वसँग जोड्दै

को हुन् नेपालमा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा कम्पनी ?

२०७८ मंसिर १, १०:३५ खबर संवाददाता

काठमाडौं: सिद्धार्थ शमशेर जबरा तेस्रोपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदताका रुपमा सम्मानित भएका छन्। बुधबार प्रज्ञा भवन कमलादीमा आयोजना गरिएको पाँचौं राष्ट्रिय कर दिवसको समारोहमा जबरालाई सम्मान गरिएको हो। सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष रहेका जबरा सफल ब्यावसायीका रुपमा स्थापित छन्।

बुधबार बिहान एक कार्यक्रमका बीच अर्थमन्त्री जनार्दन शर्मा र आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले बढी कर तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरेका छन्।

यस्तै सूर्य नेपाल नेपालको सबैभन्दा बढी कर तिर्ने करदाता बनेको छ। व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा सिद्धार्थ शमशेर जबरा रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा भने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स भएको छ।

आन्तरिक राजस्व विभागले १०औँ राष्ट्रिय कर दिवसको अवसरमा गरेको कार्यक्रममा सबैभन्दा बढी तिर्ने करदाता र कार्यालयका प्रतिनिधिलाई सम्मान गरिएको थियो। सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड भएको छ।  निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा डाबर नेपाल प्रालि रहेको छ।

 

कमेन्ट लोड गर्नुस