सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

२०७८ कार्तिक ३०, ०८:०३ रासस

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप ३७७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार १४९ को कोरोना परीक्षण गरिएको थियो। नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ६७२ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार १७४  रहेको छ। आज १७० जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ७१४ पुगेको छ। निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

कोरोनाबाट चारको मृत्यु 

पछिल्लो २४ घण्टामा थप चार जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८२ पुगेको छ। अहिले कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ। त्यसैगरी पछिल्लो समय ७९ हजार ५६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४७६ छ। अहिले होम आइसोलेशनमा ६ हजार ९८४, संस्थागत आइसोलेसनमा ४९२, आइसियुमा २१९ र भेन्टिलेटरमा ५९ जनाले उपचार गराइरहेका छन्। 

कमेन्ट लोड गर्नुस