गण्डकीमा ५७ सङ्क्रमणमुक्त
गण्डकी: गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा २६ जना सङ्क्रमित थपिएको र एक जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी संयोजक नवराज शर्माले जानकारी दिए।
मृत्यु हुनेमा स्याङ्जाको पुतली बजार नगरपालिका–८ का ६९ वर्षीय पुरुष रहेको उनले जानकारी दिए। निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ४०३ जना पुगेको छ। प्रदेशमा सक्रिय सङ्क्रमित ३२७ जना रहेको र होम आइसोलेशनमा २९२ जना रहेको जनाइएको छ।