सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुवेतमा नेपाली महिलाको मृत्यु

२०७८ कार्तिक २९, ११:५३ खबर संवाददाता

काठमाडौं: कुवेतमा कार्यरत एक नेपाली महिलाको मृत्यु भएको छ। कुवेतको फरवानियास्थित एक घरको बाथरुममा मृत फेला परेकी ३२ वर्षीया नेपाली महिला लमजुङकी मनमाया गुरुङ रहेको बताइएको छ।

कुवेत प्रहरीका अनुसार गुरुङले आफू बस्ने घरमा आफ्नै घाँटी रेटेर आत्महत्या गरेको जनाएको छ। मृतक गुरुङ गत बुधवार बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी थिइन्।

उनको मृत्यु बारे कुवेतस्थित नेपाली दूतावासमा जानकारी आइसकेको जनाउँदै आवश्यक समन्वय तथा कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई जतिसक्दो चाँडो नेपाल पठाइने दूतावास स्रोतले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस