सुनको मूल्य एक हजार ३०० ले बढ्यो
काठमाडौँ: नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला एक हजार ३०० ले बढेको छ। सुनको मूल्य प्रतितोला ९४ हजार कायम भएको छ। बुधबार उक्त सुन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेको छ। बुधबार प्रतितोला रु ९२ हजार २०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा २० बढेको छ। चाँदीको मूल्य रु एक हजार २७० कायम भएको छ। चाँदी बुधबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८५० डलरमा कारोबार भइरहेको छ।