सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ हजार परीक्षण गर्दा ४४० मा सङ्क्रमण

२०७८ कार्तिक २४, ०६:३७ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले छ हजार ८१४ मा नमुना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए। आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सात हजार ५१९ रहेको उहाँले बताउनुभयो । नेपालमा सङ्क्रमण दर १८।२ प्रतिशत पुगेको छ। 

प्रवक्ता पौडेलका अनुसार ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ छन्। ती जिल्लामा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन्। 
 

कमेन्ट लोड गर्नुस