सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ५३३ जनामा कोरोना सङ्क्रमण

२०७८ कार्तिक २३, ०७:३७ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर ५३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा १६ हजार ७३६ जनाको कोरोना परीक्षण गरिएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६१२ छ। नेपालमा कोरोना सङ्क्रमण दर १८।२ प्रतिशत छ।

हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र  ललितपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वी नवलपरासी, रुपन्देही, बाँके र कैलाली छन्। 
 

कमेन्ट लोड गर्नुस