सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्मार्ट धनगढी : विचमा रुख वरपर कालोपत्रे

२०७५ पुष ९, १०:२८ कमल सावद

साविकको सहरी विकास तथा अहिलेको संघीय सहरी विकास कार्यक्रम अन्तरगत धनगढीमा निर्माण भईरहेका सडकहरुमा दुई सय बढी रुख काट्न बाँकी छ। कार्यक्रम अन्तरगत निर्माण भईरहेका सडकको विच भागमा रुख भएपनि कटान आदेश नआएको भन्दै कालोपत्रे सुरु गरिएको छ। कतिपय सडकमा त कालोपत्रे सम्पन्न भईसक्दा समेत सडकको बिचमा रहेका रुख काट्नै बाँकी रहेको छ। 
सडक क्षेत्रमा रहेका रुखहरु कटानीको आदेश नपाएको आयोजना कार्यान्वयन ईकाईले जनाएको छ। सडकको विच भागमै रुख यथावत राख्दै सडक कालोपत्रे गरिएपछि दुर्घटनाको जोखिम बढेको छ भने स्मार्ट धनगढीको नारालाई पनि गिज्याईरहेको छ। 

धनगढी उप–महानगरपालिका भित्र मात्र संघिय शहरी विकास कार्यक्रमका सडकहरुमा २ सय बढी रुखहरु काट्नै बाँकी रहेको अवस्थामा सडक कालोपत्रे गरिन थालिदएको हो। सडक निर्माणको समय अवधि कम भएको भन्दै सडकमै रहेका रुख नकाटी कालोपत्रे गर्न थालिएको छ। प्हिलो चरण अन्तरगतका कतिपय सडक त कालोपत्रे सम्पन्न भईसकेका छन् तर रुख काट्नै बाँकी छ। १५ दशमलव ५२ किलोमिटर लम्बाई रहेको धनगढी चक्रपथमा पनि धेरै रुखहरु रहेका छन्। चक्रपथ निर्माणका लागि २०७३ जेठमा सम्झौता भएकोमा २०७६ असार सम्मको निर्वाण अवधी रहेको छ। धनगढी बडाराका नवराज गौतमले सडकको बिच भागमा रुख रहेको बताए। उनले भने– सडकको बिच भागमा रुख छ। वनले अनुमति दिएन भनेर भन्दैछन् निर्माण व्यवसायी। तर वनले पनि अनुमति दिनु पर्ने हो। नत्र सडक कसरी निर्माण होला ?
धनगढी उप–महानगरपालिका निर्माण भईरहेको चक्रपथ सहित, तुल्सीपुर–भगवटी टोल सडक, जाली–उत्तरखिम्लीना सडक, पिपल चौतारा–जाई–मट्यारी सडक, नेपाल रेडक्रस–तारानगर सडकमा पनि रुख रहेका छन्। रुखका कारण निर्माण कम्पनीहरुलाई काम गर्न समस्या भएको छ भने सडक कमजोर हुने र दुर्घटना बढ्ने भन्दै स्थानीय पनि चिन्तीत भएका छन्। सडक निर्माण क्षेत्रमा पर्ने सुकेका रुखको पनि कटान नगरिएको गुनासो स्थानीयको छ। संघिय आयोजना कार्यान्वयन एकाईले कार्यान्वयन गर्ने अन्य सडकहरुमा पनि रुखहरु रहेका छन्। विभिन्न सडकमा त विचमै पोलहरु राखेर पनि कालोपत्रे गर्न थालिएको छ। संघिय शहरी विकास कार्यक्रमका हाईवे–शिवपुरी सडक, लक्ष्मीनगर सडक, मट्यारी–नजरिया–भागेश्वर सडकमा पनि रुखहरु रहेका छन्। रुख कटानीको आदेशलाई पर्खने हो भने आयोजना नै संकटमा पर्ने भएकाले सडक कालोपत्रेका काम नरोक्ने कार्यान्वयन एकाईको दावी छ। संघीय आयोजना कार्यान्वयन एकाई धनगढीका प्रमुख सुरेशकुमार वाग्लेले धनगढी क्षेत्रका धेरै सडकहरुमा रुख रहेको बताए। वनलाई रुख कटानको लागि अनुमति माग गरेपनि अझै नआएको उनले जानकारी दिए। रुख कटानीका लागि डिभिजन वन कार्यालय मार्फत निवेदन दिएका छौ। तर अनुमति आएको छैन्। वन कै कारण कार्यक्रमको रकम नै खर्च नहुने अवस्था आएको छ। हामी अनुमतीलाई प्रख्दैनौ, काम हुन्छ। उनले भने। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस