सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार

२०७८ कार्तिक २३, ०३:५४ खबर संवाददाता

धनगढीः अछाममा एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ की मनसरा देवकोटाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

मन्सराको दुई पटक शल्यक्रियाबाट प्रसुति गराइएको र तेस्रो पटकको प्रस'तिमा गम्भीर समस्या उत्पन्न भएपछि विनायकबाट रेफर गरिएको थियो। तत्काल उद्दार गर्नु पर्ने भएकाले उनलाई हेलिकोप्टर मार्फत कोहलपुर शिक्षण अस्पतालसम्म प्रस'ति सेवाका लागि लगिएको हो।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उनको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।

कमेन्ट लोड गर्नुस