सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती नदीमा पक्की तटबन्ध लगाउन माग

२०७८ कार्तिक २१, ०३:१७ खबर संवाददाता

बैतडीः बैतडीको ढुंगाडबासीले सेती नदीमा पक्की तटबन्ध लगाउन माग गरेका छन्। सेती नदीले बेलाबेलामा जग्गा कटान गर्ने र त्यसबाट मुक्ति पाउनका लागि पक्की तटबन्धको माग गरिएको स्थानीयले बताएका छन्। 

कार्तिक पहिलो साता परेको बेमौसमी बर्षाले ढुंगाडका स्थानीयहरुको खेत बगाएर बगरमा परिणत गरेको छ। केही वर्ष पहिला पनि सेती नदीको बाढीले स्थानीयहरुको घर खेत बगाएकाले पक्की तटबन्ध निर्माण गरिनुपर्ने माग गरिएको स्थानीयले जनाएका छन्। सेती नदीमा तटबन्ध लगाउन नसके अब बस्ती नै जोखिममा रहेकाले तटबन्ध लगाउनु आवश्यक रहेको उनीहरुको भनाइ छ। यता, सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पनि ढुंगाड क्षेत्रमा सेती नदीले बर्षेनी क्षति पुर्याउँदै आएकाले आफूले पनि संघीय सरकारसंग बस्ती स्थानान्तरण अथवा पक्की तटबन्धको माग गरेको बताए। 
 

कमेन्ट लोड गर्नुस