प्रदेश नं १ मा यस वर्षको सबैभन्दा न्यून सङ्क्रमण
विराटनगर: गएको २४ घण्टामा प्रदेश नं १ मा यस वर्षको सबैभन्दा कम तीन जनामा कोरोना सङ्क्रमण भएको छ। सो सङ्क्रमण ११ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। पीसीआर परीक्षणका आधारमा झापाको भद्रपुरमा दुई र मेचीनगरमा एक जनामा सङ्क्रमण देखिएको हो।
प्रदेशमा आजै ३८ महिलासहित ८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने तीन महिलासहित चार जनाको मृत्यु भएको छ।