सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी गड्सेरामा भलिबल प्रतियोगिताः भोलि फाइनल खेल, देवली युवा क्लव र जनशिल भिड्दै

२०७८ कार्तिक १८, ०५:३९ खबर संवाददाता

धनगढीः डोटीमा जारी धर्मसिंह तुलसीदेवी स्मृति बृहत भलिबल प्रतियोगिताको भोलि फाइनल खेल हुने भएको छ। जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा कार्तिक १७ देखि जारी भलिबल प्रतियोगिताको भोलि फाइनल खेल हुने आयोजक समितिले जनाएको छ।

उक्त प्रतियोगितामा देवली युवा क्लब बडिकेदार १ देवली डोटी र जनशिल युवा क्लव बडिकेदार १ रिसडीले फाईनल खेल खेल्ने भएका छन्। यस्तै रोयल गड्सेरा जोरायल ५ गडसेरा 'ए' र रोयल गड्सेरा जोरायल ५ गडसेरा 'बी' तेस्रोका लागि भिड्दै छन्। भोलि नै प्रतियोगिताको समापन गरिने बताइएको छ। 

दिपावलीको अवसरमा आयोजना गरिएको उकत भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो टिमलाई पाँच हजार नगद र ट्रफिसहितको पुरस्कार दिइने छ। 

कमेन्ट लोड गर्नुस