सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँपालिकाभरीका विद्यालयहरुमा अनुगमन

। फोटो स्रोत ।
२०७५ पुष ६, ०६:०७ सीपी लोहीया

बैतडीको सुर्नया गाउँपालिकाले गाउँपालिकाभरीका विद्यालयहरुमा अनुगमन थालेको छ। शैक्षिक गुणस्तरमा सुधार ल्याउन र गाउँपालिकाको शिक्षा नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि अनुगमन थालिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए। गाउँपालिकाभरीका सामुदायिक विद्यालयमा अभिभावक,शिक्षक र विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाका बारेमा जानकारी गराउन अनुगमन थालिएको उनले बताए। आज रौलेश्वर मावि रामकीबरायलमा शिक्षक र विद्यार्थीहरुसंग शिक्षाका बिषयमा छलफल भएको उनले बताए। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भईरहेका बेला शैक्षिक गुणस्तर उकास्नका लागि गाउँपालिकाले पहल गरिरहेको अध्यक्ष बिष्टले जानकारी दिए। शिक्षा समाज सुधारको प्रमुख अंग भएकाले शैक्षिक गुणस्तर सुधार गाउँपालिकाले प्राथमिकतामा राखेको उनले। गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षकहरुलाई सुर्नया शिक्षकको रुपमा नियुक्त दिएर काम गराउन शुरु गरिसकेको छ। गाउँपालिकाले गरेको लगानि अनुसार शैक्षिक उपलब्धि प्राप्तिका लागि गाउँपालिकाले पहल गरिरहेको उनले बताए।
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस