सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा १४ दिनदेखि बेपत्ता काँग्रेसका क्षेत्रीय प्रतिनिधि मृत भेटिए, हत्याको आशंका

२०७८ कार्तिक १५, ०३:५७ खबर संवाददाता

धनगढीः अछाममा १४ दिनदेखि बेपत्ता एक युवक मृत भेटिएका छन्। जिल्लाको कमलबजार नगरपालिका वडा नं ५ कुइका घर भएका ३४ वर्षीय रेशमराज तिमिल्सेना आज (सोमवार) मृत अवस्थामा भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता तथा प्रहरी निरीक्षक गंगादत्त बडुले कार्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएका उनी गैरिटाँड नजिकै बाँसको झाडीमा मृत फेला परेको बताए। 

मृतक तिमिल्सेना नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी थिए भने भुवनेश्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि हुन्। मृतकका आफन्तले हत्या भएको बताउदै अनुसन्धानको माग गरेका छन्। तिमिल्सैनाका आफन्तले अहिले आक्रोशित भएर गैरिटाँड बजार बन्द गरेका छन् भने सडक समेत अवरुद्ध पारेका छन्। स्थानीयले केही दिनदेखि बेपत्ताको खोजी गर्नुपर्ने माग गर्र्दै आन्दोलन समेत गरेका थिए। 

कमेन्ट लोड गर्नुस