सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अछाम हवाई रुटमा नेपाल एयरलाइन्सले घटायो भाडादर

२०७८ कार्तिक १५, ११:१४ खबर संवाददाता

धनगढी: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाई रुटमा भाडादर घटाएको छ। धनगढीबाट पहाडी जिल्लामा उडान भर्दै आएको निगमले भाडादर घटाएको हो। 

निगमले अछाम–धनगढी उडानमा एक हजार २५ रुपैयाँ भाँडा घटाएको छ। अब २ हजार ८८५ भाडादर कायम गरिएको नेपाल एयरलाइन्स धनगढी–अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताए। यसअघि अछाम–धनगढी हवाइ भाडा तीन हजार ९१० रुपैयाँ थियो। यस्तै धनगढीबाट–अछामको २ हजार ८८० भाडादर कायम गरिएको छ। नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ।
 

कमेन्ट लोड गर्नुस