४०८ सङ्क्रमित थपिँदा ५१८ घर फर्किए
काठमाडौँ: आज ४०८ जना कोरोना सङ्क्रमित भेटिएका छन् भने ५१८ जना रोगलाई जितेर घर फर्केका छन्। यस्तै दश जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार १६८ जनामा एन्टिजेन र पाँच हजार ७३१ जनाको पीसीआर परीक्षण गरिएको थियो।
आजै सात हजार ८९९ जनाको स्वास्थ्य परीक्षण गरियो भने देशभरका ३८ हजार ८१५ जनाले खोप लगाए। सङ्क्रमित सङ्ख्या नौ हजार ३७६ सीमित रहेका छन्।