सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा डुङ्गा दुर्घटना : दिदीको शव फेला, भाई अझै बेपत्ता

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक ११, ०८:३० खबर संवाददाता

धनगढी: महाकाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ। बैतडीको शिवनाथ गाउँपालिका -१ का चक्रसिंह साउदकी १५ वर्षीया छोरीको शव भेटिएको वडाध्यक्ष कर्ण साउदले बताए।

अर्का बेपत्ता भएका पनि चक्रसिंह साउदकै ८ वर्षीय छोरा रहेको उनले बताए। वडाध्यक्ष कर्णका अनुसार साउद परिवार भारतमै बस्ने गरेको र महाकाली नदीको खाँड घाटबाट पारि जान खोज्दा दुर्घटना भएको खुलेको छ। शिवनाथ गाउँपालिका -१ खाँड घाटमा बुधवार १० जना सवार डुङ्गा पल्टिएको थियो। तीमध्ये ८ जना पौडी खेलेर पारी पुग्न सफल भएका र २ जना बेपत्ता भएका थिए।

अर्का बेपत्ता रहेका बालकको खोजीका लागि बिहानै नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गएका प्रहरीले जनाएको छ। काम विषेशले भारत जाने नेपाली यात्रुलाई पारी तार्ने क्रममा डुङ्गा पल्टिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। 


 

कमेन्ट लोड गर्नुस