सुदूर नेपाललाई विश्वसँग जोड्दै

संस्कृति जोगाउन सीमावर्ती दुवै देशका नागरिक र जनप्रतिनिधि सहमत

। फोटो स्रोत ।
२०७५ पुष ५, ०५:३७ सीपी लोहीया

नेपाल र भारतको साझा संस्कृति जोगाउनका लागि सीमावर्ती क्षेत्रका दुवै देशका नागरिक र जनप्रतिनिधि सहमत भएका छन्।

बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ४ र भारतको हल्दुग्रामका स्थानीय र जनप्रतिनिधि दुवै देशको साझा संस्कृति जोगाउनका लागि सहमत भएका हुन्। वडा नं ४ का वडा अध्यक्ष राजबहादुर चन्द र हल्दुग्रामका प्रधान मन्सिराम ओड सहभागी बैठकले दुवै देशको साझा संस्कृतिलाई बचाउनका लागि मिलेर जाने सहमति भएको हो।

रुडेस बैतडीले सञ्चालन गरेको ट्रोसा परियोजना अन्तर्गत दुवै देशका जनप्रतिनिधि र स्थानीयहरुलाई एकठाउँमा बसेर छलफल गर्ने अवसर जुराएको हो। नेपाल र भारतका सीमावर्ती क्षेत्रका नागरिककाबीच रोटीबेटीको सम्बन्ध भएकाले यसलाई जोगाउनका लागि दुवै देशका जनप्रतिनिधि र स्थानीयहरु सहमत भएको पञ्चेश्वर गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष राजबहादुर चन्दले बताए।

सीमावर्ती क्षेत्रका दुवै देशका नागरिकको सांस्कृतिक परम्परा एउटै भएको र यसले सीमामा सद्भाव कायम गरेको उहाँले बताए। सीमावर्ती क्षेत्रका दुवै देशका नागरिकको समस्या एउटै भएकाले आफूहरु संस्कृति संरक्षणका लागि जुटेको भारतको हल्दुग्रामका प्रधान मन्रिाम ओडले बताए।

दुवै देशका सीमावर्ती क्षेत्रका नागरिकको सांस्कृति संरक्षणका लागि सौर्य विनायक हल्दु तटीय समुदाय पैरवी सञ्जाल समेत गठन गरिएको छ। 
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस