सुदूर नेपाललाई विश्वसँग जोड्दै

यमनमा १०५ विद्रोही मारिएको सैन्य गठवन्धनको दावी

२०७८ कार्तिक १०, १०:३९ रासस

रियाद: साउदी अरव नेतृत्वको सैन्य गठवन्धनले यमनमा १०५ विद्रोही मारिएको दावी गरेको छ।  यमनी सरकारलाई सहयोग गर्दै आएको गठवन्धन सेनाले विद्रोहीविरुद्ध सुरक्षा कारबाही गर्ने क्रममा उनीहरुको मृत्यु भएको जनाएको छ । 

गठवन्धन सेनाले मारिएका सवै हुथी विद्रोही रहेको पनि स्पष्ट पारेको छ। उनीहरूमाथि गठवन्धन सेनाले हवाई आक्रमण गरेको थियो । देशको मारिब सहरमा घटना भएको हो। हुथी विद्रोहीहरुलाई भने इरानले सहयोग गरेको छ। उनीहरुले भने यति धेरै क्षति नभएको दावी गरेका छन् । दुवै पक्षका आ–आफ्नै दावी भएकाले यसको स्वतन्त्र पुष्टि भने भएको छैन। 

घटनास्थलबाट गठवन्धन सेनाले १५ ओटा सवारीका साधन नष्ट गरेको छ। घटनामा परी अरु कैयौँ घाइते पनि भएको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस