सुदूर नेपाललाई विश्वसँग जोड्दै

ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला

२०७८ कार्तिक १०, ०८:११ रासस

फुङ्लिङ: ताप्लेजुङ कोभिड–१९ सङ्क्रमणमुक्त जिल्ला भएको छ। पछिल्लो पटक सङ्क्रमित भई होमआइसोलेशनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको हो।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबारदेखि यो जिल्ला कोभिडमुक्त बनेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका सङ्क्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ नै सङ्क्रमणमुक्त जिल्ला बनेको हो। जिल्लाको नौ स्थानीय तहमध्ये पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक सबै पालिका यसअघि नै सङ्क्रमणमुक्त भइसकेका थिए। 
 

कमेन्ट लोड गर्नुस