सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा डुङ्गा पल्टिदा दुई जना बेपत्ता

फाइल फोटो
फाइल फोटो
२०७८ कार्तिक १०, ०७:५४ खबर संवाददाता

धनगढी: बैतडीमा डुङ्गा पल्टिदा दुई जना बेपत्ता भएका छन्। शिवनाथ गाउँपालिका १ खाँड घाटमा डुङ्गा पल्टिदा २ जना बेपत्ता भएका हुन्।  काम विषेशले भारत जाने नेपाली यात्रुहरुलाई पारी तार्ने क्रममा डुङ्गा पल्टिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। उक्त ढुङ्गामा १० जना सवार रहेका थिए।

१० जना मध्ये ८ जना पौडी खेलेर पारी पुग्न सफल भएका छन भने, २ जना बेपत्ता भएको उनले बताए। डुङ्गा ढुङ्गामा ठोक्किए पल्टिएको उनले बताए। बेपत्ताहरुको नाम ठेगाना भने खुल्न नसकेको र उनीहरुको खोजिकार्य भइरहेको प्रहरीले बताएको छ।  

कमेन्ट लोड गर्नुस