सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा पछिल्लो २४ घण्टामा थप ६७२ सङ्क्रमित

२०७८ कार्तिक १०, ०७:१७ रासस

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६७२ मा सङ्क्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ४९५ मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ३७५ रहेका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा ४९५ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार १२५ रहेको छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।३ प्रतिशत रहेको छ। 

यसैगरी आज कोरोना सङ्क्रमणबाट आठ जनाको निधन भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३८० को निधन भएको छ। त्यस्तै पछिल्लो समय ७७ हजार २०७ ले खोप लगाएका छन्। हाल मृत्युदर एक दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस