सुदूर नेपाललाई विश्वसँग जोड्दै

हात्तीपाइले निवारणका लागि डडेल्धुरा र डोटीमा टास–२ सर्वेक्षण गरिने, ४७ विद्यालय छनोट

२०७८ कार्तिक १०, ०३:५९ खबर संवाददाता

धनगढी: राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र डोटीमा प्रसारण मूल्याकंन सर्वेक्षण (टास–२) गरिने भएको छ। आउँदो मंसिरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, मकवानपुरले टास–२ सर्वेक्षण गर्न लागेका हो।

यसअघि डडेल्धुरा र डोटीमा प्रि–टास र टास–१ सफल भइसकेको छ। टास–२ सर्वेक्षण सकिएको दुई वर्षपछि फेरि टास–३ भनेर अध्ययन हुनेछ। यहाँतीनै सर्वेक्षणमा सफल भएपछि मात्रै यहाँ हात्तीपाइले निवारण भएको मानिने कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका जुनियर इन्टोमोलोजिष्ट दिपक शाहले जानकारी दिए।

उनका अनुसार छनोट भएका डडेल्धुरा र डोटीका ४७ विद्यालयमा टास–२ सर्वेक्षण गरिनेछ। जसमा डडेल्धुराका १९ र डोटीका २८ विद्यालय रहेका छन्। विद्यालयमा अध्ययनरत कक्षा १ र २ का बालबालिमा यो सर्वेक्षण गरिने शाहले बताए।

सर्वेक्षण गरिएको भगौलिक क्षेत्रमा हालै नयाँ संक्रमण छ कि छैन यकिन गर्न, हात्तीपाइले रोग निवारण, आम औषधी सेवन कार्यक्रमको प्रभावकारीता मापन गर्ने र विगतमा संचालन गरिएका सर्भेका नतिजाहरुसँग तुलना गर्न पनि टास–२ सर्वेक्षण गर्न लागिको जुनियर इन्टोमोलोजिष्ट दिपक शाहले बताए। उनका अनुसार कक्षा १ र २ का छात्र छात्राहरू हात्तीपाइलेको आम औषधि सेवनपछि जन्मेको हुँदा उनीहरूमा यो सर्वेक्षण गरिने छ। 


 

कमेन्ट लोड गर्नुस