सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी पुष्प प्रदर्शनी शुक्रबार

२०७८ कार्तिक १०, ०६:०३ रासस

काठमाडौँ: फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने भएको छ। फूलको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यावसायिक ४४ तथा सूचनामूलक चार गरी ४८ स्टल रहने छन्।

यस वर्ष गोदावरी फूलको विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी हुने छैन। यहाँ मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेलामा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने जनाइएको छ। स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाको बिक्री वितरण गरिने छ। करिब ३५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा ५० लाखको कारोबार हुने अपेक्षा गरिएको छ। 

कमेन्ट लोड गर्नुस