सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश १ मा १०७ मा कोरोना सङ्क्रमण

२०७८ कार्तिक ९, १०:४९ रासस

विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ मा कोरोना सङ्क्रमण भएको छ। मन्त्रालयका अनुसार ५६२ को पीसीआर परीक्षण गर्दा ८३ र १७५ को एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ। 

पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा तीन, इलाममा दुई र सङ्खुवासभामा एक जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै ३२ महिलासहित ६६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको छ। 
 

कमेन्ट लोड गर्नुस