सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर ६६६ सङ्क्रमित थपिए

२०७८ कार्तिक ९, ०६:३० रासस

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ६६६ मा सङ्क्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा १२ हजार २० मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो। आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार २९६ रहेका छन्। पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन्। पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन्। सङ्क्रमण दर १८।५ प्रतिशत रहेको छ। सङ्क्रमित शून्य रहेको जिल्ला मुगु मात्र रहेको छ।

पछिल्लो २४ घण्टामा ६२२ जना सङ्क्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८८ हजार ६३० रहेको छ। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।३ प्रतिशत रहेको छ। यसैगरी आज कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३७२ को निधन भएको छ। अहिलेसम्म ८६ लाख ३२ हजार २९३ पहिलो मात्रा र ६७ लाख नौ हजार ९०५ पूर्ण मात्राको खोप लगाइसकेका छन्। 
 

कमेन्ट लोड गर्नुस