सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा काँग्रेसले आयोजना गर्‍याे बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर

२०७८ कार्तिक ९, ०२:४३ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरीमा नेपाली काँग्रेसले बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। नगरपालिकाको वडा नम्बर ८ र १० को काँग्रेस कार्यसमितिले यी वडामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

जस अन्तर्गत गत शुक्रबार वडा नम्बर १० स्थित सिद्धेश्वर मावि शिवनगर र वडा नम्बर ८ स्थित शक्ति आधारभुत विद्यालयमा शिविर सञ्चालन गरिएको महाधिवेशन प्रतिनिधि तथा नेपाली काँग्रेस बेलौरी नगरपालिकाका नगर प्रमुखका प्रत्यासी हरेन्द्र सिंह विष्टले बताए। उनले अहिले वडा नम्बर ८ कै कृषि हाट बजार कलकत्तामा शिविर सञ्चालन भइरहेको बताए।

अविरल वर्षासँगै आएको बाढी सँगसँगै विभिन्न प्रकारका रोगहरु पनि फैलने सम्भावना रहने हुँदा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नेता विष्टले बताए। उनका अनुसार शिविरबाट अहिलेसम्म साढे पाँच सय जना भन्दा बढीले सेवा लिइसकेका छन्। बेलौरीको इशान मेमोरियल हस्पिटलसँगको सहकार्यमा सञ्चालन गरिएको सो शिविरबाट औषधी समेत निःशुल्क वितरण गरिएको नेता विष्टले बताए। जम्मा औषधी खर्च तीन लाख ५० हजार लागेको बताइएको छ।

कमेन्ट लोड गर्नुस